चलचित्रको गीतमा ‘सुखको अनुभुती’

सिड्नी ।
चलचित्र मनोरन्जन मात्र होईन,सुचना सन्देश र जीवन उपयोगी मार्ग दर्शनका साथै काल्पनिक र वास्तविक जीवनका ऐना पनि हो । अधिकांस चलचित्रले सुख-दुखका वास्तविकता बोल्दै गर्दा महत्वपुर्ण सन्देश समेत दिने गरेका छन् ।छोटा चलचित्र देखी कथानक चलचित्रले जीवनमा गरिने संघर्षका पात्रहरुको कथालाई उठाउने गरेका छन् । यस्तै कथाले केहि चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सफलता र अवार्ड समेत पाउने गरेका छन् ।

चलचित्रमा सफलताको कथा भन्दा संघर्षका कथालाई समेटिने गरिएका छन् । यसै बिच यस्तै चलचित्रका अनुसार तल्लो तहका पात्रको संघर्षका कथालाई मुलधारमा उठान गरिएको चलचित्र धुलोले ‘सुखको अनुभुती’बोलको गीतलाई दर्शक माझ सार्बजनिक गरेको छ ।

सार्बजनिक गीतले एक रिक्सा चालकको संघर्षलाई प्रस्तुत गरेको बुझ्न सकिन्छ । सो गीतमा मेल्बर्न बस्ने कलाकार एमएस अग्रज र सृजना सुब्बा मुख्य भुमिकामा देखिएका छन् । प्रदर्सनको पर्खाईमा रहेको यस चलचित्रका निर्माण समुह यतिबेला प्रचार-प्रसारमा जुटेका छन् ।

सञ्चारकर्मी प्रद्युम्न मिश्रले निर्देशन गरेको चलचित्रको पहिलो मुहार समेत सार्बजनिक गरिएको छ । पछिल्लो समय सम्पन्न व्यक्तिको कथा मात्र सिनेमामा आउने गरेकाले आफूले यसपटक गरिब नेपालीको संघर्षको कथालाई समेटेर सामाजिक चलचित्र धुलो निर्माण र निर्देशन गरेको निर्देशक मिश्रको तर्क छ ।

रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको चलचित्रमा बुद्दी तामाङ, अग्रज केसी, सिर्जना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, सुदीप कार्की, नीर शाह, सुशील पोखरेल, लक्ष्मी बर्देवालगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र धुलो केही अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि छनौटमा परेको भएको निर्देशक मिश्रले दाबी गरेका छन् । यहि फागुन १६ मा प्रदर्शनमा आउने चलचित्रमा सुवास सिंह बस्न्यातले लेखन, रबिन आचार्यको छायांकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

हेर्नुहोस् गीत:

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।