स्वास्थ्यकर्मीका यी मन छुने तस्विर (फोटो फिचर)

सिड्नी ।
नोवेल करोनाभाइरसले चीनसहित विश्वभर त्रासको वातावरण सृजना गरेको छ । चीनमा अहिले सम्म करिब एक हजार तीन सयको ज्यान गएको छ । भने,साठी हजार भन्दा बढीलाई कोरोनाभाईरसको संक्रमण छ । यसबाट बच्न विशेषगरी मास्क लगाउनु पर्ने हुन्छ । संक्रमित तथा संक्रमणको आशंका गरिएकाहरुको उपचारमा दिनरात खटेका चिकित्सकसहित स्वास्थ्यकर्मीले चौविसै घण्टा मास्क लगाउँदा अनुहारमा घाउ चोट लागेको छ ।जुन तस्विर हेर्दा नै मन छुन्छ ।चिनियाँ समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेका ति तस्विरमा स्वास्थ्यकर्मीको अनुहारमा चोट लागेको देखिन्छ । उनीहरु थकित र गलित भाव झल्कने अनुहारमा लागेको घाउले झनै चिन्तित् देखिएका छन् ।कोरोना भाइरसको हालसम्म भ्याक्सिन तथा औषधि पत्ता नलाग्दा उपचारमा कठिनाइ आइरहेको छ । कोरोना नियन्त्रण गर्न सकस बनेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । डब्लूएचओले कोरोनाभाइरसका कारण विश्वभर स्वास्थ्य संकटकालको घोषणा समेत गरेको छ ।

कोरोनाले अष्ट्रेलियामा समेत असर पारेको छ । अष्ट्रेलियाभर १४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।  

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।