काठमाडौं ।
प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतले प्रहरी हिरासतमा बस्न नमानेपछि प्रहरीले उनलाई उपचारका लागि भन्दै काठमाडौंको ब्लुक्रस अस्पतालमा भर्ना गरेको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले त्रिपुरेश्वरमा रहेको ब्लुक्रस अस्पतालमा भर्ना गरेको स्रोतले जनाएको छ ।सोमबार बिहान पक्राउ परेकी राउतले चलाखी पन देखाएर हिरासतमा बस्न मन नलागेपछि स्वास्थ्य प्रतिकुल नरहेको देखाएर अस्पतालको सुबिधा लिन पुगेकी स्रोत दाबी गर्छ ।
राउतलाई अस्पतालको चौथो तल्लाको बेड नम्बर ४२३ मा राखेर उपचार भैरहेको जानकारी दिएको छ । डा.सुभाषचन्द्र यादव नेतृत्वको टोलीले राउतको उपचार गरिरहेको जनाइए पनि के बिरामी भएको भन्ने बारेमा जानकारी दिइएको छैन ।
राउतमाथि प्रहरीमाथि दुव्र्यवहार गरेको आरोप छ । प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध जाहेरी दिएकी थिइन् । भने,जिल्ला प्रशासन कार्यालय काठमाणडौले थप ४ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
भिडियो हेर्नुहोस्: