काठमाण्डौ ।
चर्चित हाँस्य कलाकार केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ ट्राफिक कारबाहीमा परेका छन् । माग्ने बुढा इमाडोलस्थित घरबाट कोटेश्वरतर्फ गाडी चलाएर निस्कने क्रममा ट्राफिक कारबाहीमा परेका हुन् ।माग्ने बुढाले आफूले ‘सिटबेल्ट’ नलगाएको कारण कारबाही परेको बताए । ‘सिटबेल्ट’ नबाँधी कारमा हुइकिरहेका थिए । सडकमा ड्यूटीमा थिए ट्राफिक जवान सन्तोष चौधरी । यसअघि नायक भुवन केसीको लाइसेन्स तानिसकेका थिए उनले । माग्ने बुढाले सिटबेल्ट’ नबाँधी कार चलाएको देखेपछि उनलाई झ्याप्प रोके । अनि कागजात मागे । माग्ने बुढा ऊनीको टोपीले अनुहार नचिनिने गरी छोपिएका थिए । कार रोकेपछि ट्राफिकले शिष्ट रुपमा तपाईलाई कारबाही गर्छू ल भन्दै मीठो गरी लाइसेन्स माग्नु भयो’ उनले सुनाए, ट्राफिकको त्यस्तो मीठो स्वर सुनेपछि मैले पनि हवस् भन्दै दिएँ । ट्राफिकको व्यवहार देखेपछि लाइसेन्स र ब्लुबुक दुवै दिउँदिउँ भयो ।’ उनले सुनाए ।
कारबाहीमा परेर कागजपत्र बुझाएपछि माग्ने बुढाले त्यसलाई लिन कहाँ जानुपर्छ ? भनेर ट्राफिकलाई सोधे । ट्राफिकले बग्गीखाना लिन आउनुस् भने । माग्ने बुढा बुधबार दिउँसो बग्गी खाना पुगेका थिए ।