आस्था राउत काण्डका प्रत्यक्षदर्शी भन्छन्,सतप्रतिशत आस्थाकै गल्ती

काठमाण्डौ,
एयरपोर्टमा प्रहरीले दुर्व्यबहार गरेको भन्दै गायिका आस्था राउतले बिहिबार फेसबुक मार्फत् लाईभमा समग्र प्रहरी संगठनै बदनाम हुने किसिमले गाली गलौज गरेपछि उनी यतिबेला सर्बाधिक आलोचित बनेकी छिन् ।उता राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिएकी छिन् ।विमानस्थल प्रहरी कार्यालयले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ । स्रोतका अनुसार अहिले प्रहरीले राउतलाई अभद्र ब्यबहारमा मुद्दा दायर गर्ने तयारीमा छ ।

श्रेष्ठले आफू ड्यूटीमा रहँदा गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन् । भने गायिका राउतले पनि आफुलाई प्रहरीले दुर्व्यबहार गरेको दाबी गर्दै आएकी छिन् । यसै क्रममा शुक्रबार बिमानस्थलको भिडियो समेत सार्बजनिक भएको छ । उक्त भिडियोमा गायिका राउतकै गल्ती प्रस्ट संग देखिन्छ । सुरक्षाका दृष्टिकोणले बिमानस्थलको नियममा जोकोहीले पनि नियम पालना गर्नुपर्नेहुन्छ ।

सिसि टिभी फुटेजमा महिला प्रहरीले सुरक्षा जाँचका लागि ज्याकेट उतारेर डिटेक्टर उपकरणमा राख्न भनेको स्पष्ट देखिन्छ । ज्याकेटै नउतारी फटाफट अघि बढन खोजेकी उनलाई प्रहरीले ज्याकेट खोल्न आग्रह गरेको देखिन्छ ।
भिडियोमा आस्थाले ज्याकेट खोल्न आनाकानी गरेको, दरिलै आदेश दिएपछि बल्ल उनले ज्याकेट खोलेको स्पष्टै छ । ज्याकेट लिएपछि हतारिदै सुरक्षा जाँच स्थलमै कफीको गिलास छाडेर अघि बढन खोज्दा प्रहरीले त्यस्तो गैर जिम्मेवार व्यवहार नगर्न र कफी लिएरै जान आग्रह गर्दा उनले झर्कदै नमानेको पनि देखिन्छ । अझै आस्थाले चोर औंला तेस्र्याएर ‘पख्लास तँलाई देखाइदिन्छु’ भन्ने मुद्रा प्रकट गरेको पनि छर्लंगै देखिन्छ ।

उक्त सिसि फुटेजमा समेत देखिएका सो घटनाका प्रत्यक्षदर्शी सुमन देउजाले फेसबुक मार्फत् सो घटनाको बारेमा खुलाएका छन् । उनका अनुसार गायिका राउतकै सरासर गल्ती रहेको दाबि गरेका छन् । देउजाका अनुसार महिला प्रहरीले ज्याकेट खोल्न आग्रह गरेको,हतारमा भए एयरपोर्टमा समयमा नै आउनु पर्ने बताएको र अन्तिममा आफ्नो कफिको कप उठाएर पोखिएको कफि सफा गर्न आग्रह गर्दा आस्थाले नै ओभररियाक्ट जनाएको उनले बताएका छन् ।

प्रत्यक्षदर्शीको स्टाटस् जस्ताको तस्तै:

भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?v=A-pgme6lV0k

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।