रुँदै माफी मागिन् आस्थाले (भिडियो सहित)

काठमाण्डौ ।
एयरपोर्टमा प्रहरीले दुर्व्यबहार गरेको भन्दै गायिका आस्था राउतले बिहिबार फेसबुक मार्फत् लाईभमा समग्र प्रहरी संगठनै बदनाम हुने किसिमले गाली गलौज गरेपछि उनी यतिबेला सर्बाधिक आलोचित बनेकी छिन् ।उता राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिएकी छिन् ।

विमानस्थल प्रहरी कार्यालयले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ । स्रोतका अनुसार अहिले प्रहरीले राउतलाई अभद्र ब्यबहारमा मुद्दा दायर गर्ने तयारीमा छ ।

बिमानस्थलमा राउत र प्रहरी बिच भएको गतिबिधिको सिसिटिभि फुटेज र प्रहरीले राउतलाई अभद्र व्यबहारमा मुद्दा दायर गर्ने तयारी गरेको खबर सार्बजनिक भए लगत्तै उनी फेसबुक लाईभमा आएर रुदै माफि मागेकी छिन् । सार्बजनिक सिसिटिभि फुटेजमा राउतकै कमजोरी प्रस्ट संग देखिन्छ ।

राउतले आफूमाथि महिला प्रहरीले असभ्य भाषा प्रयोग गरी ‘दुर्व्यवहार’ गरेको भन्दै बुधबार लाइभमा आएकी थिइन्। सो क्रममा उनले प्रहरीलाई पनि ‘अपशब्द’ प्रयोग गर्दै तल्लो स्तरको भाषाले गालिगलौज गरेकी थिईन् ।

शुक्रबार त्रिभुवन विमानस्थलमा राउत र प्रहरी जवानबीच भएको भिडिओ एकाएक सार्वजनिक भयो। त्यसपछि फेरि राउत आफ्नो फेसबुकबाट लाइभ आएर आफूले प्रहरी जवानलाई अपशब्द बोलेको भन्दै त्यसप्रति माफी मागेकी छन्।

‘मप्रति दुर्व्यवहार भएकै हो आज नि भन्छु, भोलि नि भन्छु,’ उनले भनिन्, ‘मैले घटनालाई के भएको हो सरल भाषामा भन्न सक्थे; डन्ठे, सन्ठे भन्न हुँदैन थियो, सबै प्रहरीलाई सरी भन्न चाहन्छु तपाईंहरूको मनोबल गिरेको भए।’

‘दुई चार वटा शब्द मैले नभनेको भए हुन्थ्यो, नत्र भने मैले भनेका अरु कुरा गलत छैनन्,’उनले थप भनेकी छन्।
पहिलो लाईभमा आस्थाले यस्तो गालि गरेकी थिईन :

‘त्यो डन्ठीलाइ भेटे भनि लट्टी मुखबाट घुसारेर कहाँ बाट निकाल्दिन्छु, यो पुलिस्नी के खार आइ ? बुढोसंग लफडा परेछ कि ?’
‘नाम रमिता रे रमिता नै देखाई त्यसले, त्यो महिला प्रहरी जवान त्यस्तै छे रे अरुले पनि त्यस्तै भन्नु भयो, त्यो सोल्टिनी, डन्ठी, प्युसो, प्युपा, लो लेभल, इनरु मुला, हातले छाम्नु सक्दैनस ?
‘पुलिस हो कि फुलिस ? तलका प्युसो, पुलिसनी, जरा कुहिएको छ तिमारुको, युनिफर्म लाउदैमा फुर्ति नलगा, कसलाई तँ भनेको ओए ?

पहिलो लाईभ भिडियो :

दोस्रो लाईभ भिडियो :

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।