काठमाण्डौ ।
‘त्यो डन्ठीलाइ भेटे भनि लट्टी मुखबाट घुसारेर कहाँ बाट निकाल्दिन्छु, यो पुलिस्नी के खार आइ ? बुढोसंग लफडा परेछ कि ?’
‘नाम रमिता रे रमिता नै देखाई त्यसले, त्यो महिला प्रहरी जवान त्यस्तै छे रे अरुले पनि त्यस्तै भन्नु भयो, त्यो सोल्टिनी, डन्ठी, प्युसो, प्युपा, लो लेभल, इनरु मुला, हातले छाम्नु सक्दैनस ?
‘पुलिस हो कि फुलिस ? तलका प्युसो, पुलिसनी, जरा कुहिएको छ तिमारुको, युनिफर्म लाउदैमा फुर्ति नलगा, कसलाई तँ भनेको ओए ?
गायिका आस्था राउतले बिहीवार फेसबूक लाइभमार्फत प्रहरीलाई निकै तु’च्छ शब्द प्रयोग गर्दै गाली गरिन् । यतिसम्म कि तल्लो तहका अर्थात् प्रहरी जवानलाई त अनेक भनिन् । उनले प्रहरीलाई ‘डन्ठे, पिपा र प्यु’सा’ त बारम्बार भनिरहिन् ।प्रहरीलाई गा’ली गर्नुको कारण उनले फेसबूकमार्फत भनेकी थिइन् – विमानस्थलमा महिला प्रहरीले दुर्व्य’वहार गर्यो । तँ भन्यो । तर पछि आस्थाले सामाजिक सञ्जालमार्फत मा’फी मागेपनि प्रहरीले आवश्यक छानविन गरी आवश्यक कारवा’ही गर्ने जनाएको छ ।
आस्था बुधवार सिक्किम जाने क्रममा एयरपोर्टमा महिला प्रहरी र आस्था राउतबीच लफ’डा भएको थियो । त्यसको भोलिपल्ट हिजो अर्थात् बिहीवार उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई गा’ली गरेकी थिइन् ।
उनले केही सञ्चारमाध्यममा आफूलाई महिला प्रहरीले न्याकेको समेत दा’बी गरेकी छन्, तर उनको दाबी ग’लत ठहरिएको छ । तर उनकाे भिडियाे प्राप्त सीसीटीभी फूटेजमा उनलाई न्याकेको देखिँदैन । बरू उल्टै औंला ठ’ड्या’उँदै गएको देखिन्छ ।
के भएको थियो?
एयरपोर्टमा भएको घ’टनाको फूटेज प्राप्त भएको छ । बुधवार दिउँसो एक बजेर ३१ मिनेट जाँदा हातमा कफी बोकेर चेकिङ मेसिन आस्था पुग्छिन् । महिला प्रहरीले ज्याकेट खोल्न भन्छिन् । कफी महिला प्रहरीले राखिदिन्छिन् । त्यसपछि आस्थाले ज्याकेट खोलेर बाहिर राख्छिन्। अनि उनको पुन: चेकिङ हुन्छ ।
उनले ज्याकेट लिइन् । महिला प्रहरीले कफी आस्थालाई दिन्छिन् । उनले लिन मान्दिनन् । प्रहरीले आफ्नो कफी लिनुहोस् भनेको जस्तो भाव देखिन्छ । आवाज भने भिडियोमा सुनिन्न । केहीबेर दिन खोज्ने र आस्थाले लिन नखोजेको दृश्य देखिन्छ । पछि प्रहरीले झोलामै कफी हाल्न खोजेको जस्तो पनि देखिन्छ । अन्त्यमा कफी टेबलमा राखेर महिला प्रहरी आफ्नो ड्यूटीमा जान्छिन् । त्यसपछि आस्था औंला ठड्याउँदै ज्याकेट लगाएर बाहिर गएको देखिन्छ।
भिडियो हेर्नुहोस् :