काठमाण्डौ ।
चर्चित रियालिटि शो ‘द भ्वाईस अफ नेपाल’को निर्णायक समेत रहेकी गायिका आस्था राउतले नेपाल प्रहरीको पुरै संगठन माथि धाबा बोलेकी छिन्।गायिका राउतलाई बिमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा ‘तँ’ भनेर अपमान गरेको बिषयलाई उनले जोडदिदै फेसबुक लाईभमा आएर प्रहरी संगठनको बिरोध गरेकी हुन् । उनले दर्जनौ पटक नेपाल प्रहरीका उच्च पदाधिकारी देखि लिएर जवानलाई गालि गरेकी छिन् ।गायिका राउतले फेसबुक लाईभमा प्रहरीका आईजीपी, एसएसपीलाई ‘आइस्योस्/गइस्योस्’ भन्ने अनि अरुलाई चाँहि ‘तँ’ भन्न मिल्छ भन्दै संगठनको अनुसासनमा बस्न र कलाकारलाई सम्मान गर्न आग्रह समेत गरेकी छिन् ।
भिडियोमा गायिका राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । तर,भिडियोमा राउत आफैले ‘तँ तँ’ भन्दै महिला प्रहरीलाई ‘आईमाई’भनेर पटक पटक बोलेकी छिन् । भने,प्रहरीका हवल्दार तल्लो तहका प्रहरीहरुलाई डन्ठे,पिउसा र पिऊँसीनि भनेर आम प्रहरीहरुको अपमान समेत गरेकी छिन् ।
‘एअरपोर्टबाट ३३ किलो सुन छिर्छ, दुनियाँ छिर्छ, लागुऔषध छिर्छ । कसैलाई खोल् ज्याकेट भन्ने हो ? राम्रोसँग भन्न सकिँदैन ?’‘ठूला ठूला पदमा भएकाले ‘हजूर’ भन्ने अनि अरुले चाहिँ ‘तँ’ भन्न मिल्छ ? जबसम्म तलकाले राम्राे व्यवहार गर्दैनन्, तबसम्म माथिकाले ‘हजूर भनेर के काम ?’ उनले भनिन् ।
प्रहरीको गल्ती भएमा प्रहरी र संगठनलाई नै सकरात्मक रुपमा सुझाव दिन पर्ने शिक्षित गायिका आफैले आम प्रहरी संगठनमाथि धावा बोलेकोमा चौर्तफि रुपमा उनको चर्को आलोचना भएपछि राउतले माफ माग्दै सो लाईभ भिडियो समेत डिलेट गरेकी छिन् ।
भिडियो हेर्नुहोस्: