‘नेपाल स्टार’ शुरु,बिजेताले पाउनेछन् ५० लाख

काठमाडौँ, नेपाल ।
सरकारी टेलिभिजन नेपाल टेलिभिजनले नेपाली माटोको आफ्नै सुगन्ध सहित नेपाली गायन रियालिटी शो ‘नेपाल स्टार’ शुरु गरेको छ । नेपालको पहिलो र नेपाली जनताको करबाट संचालित सरकारी टेलिभिजनले बिदेशी फ़्रेञ्चाईज बिना यो प्रतियोगिता संचालन गर्दैछ । साथै, यो प्रतियोगिताका बिजयीले अहिलेसम्म कै ठुलो धनराशीको पुरस्कार जित्ने घोषणा ‘नेपाल स्टार’ को टिमले गरेको छ । ‘नेपाल स्टार’का बिजेताले उपाधि सहित ५० लाख प्राप्त गर्नेछन् ।
‘नेपाल स्टार’ को निर्णायकहरमा आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्त छन् । रियालिटि सोको पहिलो अडिसन बुटवल बाट सुरु भएको छ।

प्रतियोगितामा १६ देखि ४५ वर्ष उमेर समूहका जो कोही नेपालीले यो प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको अडिशनका लागि फारम, उमेर खुल्ने परिचयपत्र सहित दुई वटा फोटो आवश्यक पर्नेछ । फारम अनलाइनमार्फत पनि भर्न सकिने वा अडिशन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको छ ।

करिब ६ महिनासम्म चल्ने प्रतियोगिता कुनै बिदेशी फ्रेन्चाईज नभई नितान्त नेपालकै आफ्नो मौलिक ब्राण्ड भएको निर्णायकले जोड दिएका छन् ।प्रतियोगिताको अडिशन क्रमशः बुटवल, धनगढी, सुर्खेत, पोखरा, चितवन, वर्दिवास र इटहरीमा हुनेछ ।

प्रतियोगिताको उप-विजेताले उपाधि सहित नगद रु ३० लाख प्राप्त गर्नेछन भने अन्य तीन जनाले नगद ७–७ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सञ्चालन सन्जोक बस्याल र निशा पाठकले गर्नेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।