नेपालमा भुकम्प

सिड्नी । नेपालमा पटक पटक भुकम्पको धक्का गईरहेको छ । कास्कीमा बिहीबार राति भूकम्पले हल्लाएको छ । राति ९ बजेर ५९ मिनेटमा कास्कीको गहचोकलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।भूकम्पको मापन ३.८ रेक्टर स्केलको रहे पनि रातीको समय भएकाले त्यसले धेरैलाई झस्काएको थियो । कम्तीमा ५ रेक्टर स्केलको गएको हुन सक्ने भन्दै स्थानीय घरबाहिर निस्केका थिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले राति उक्त क्षेत्रमा कुनै क्षतिको विवरण प्राप्त नभएको जनाएको छ । यो भूकम्पलाई पनि २०७२ सालको महाभूकम्पको पराकम्प भनिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।