काठमाडौं,
केही महिना अघि देखी सामाजिक सञ्जलामा अघोर बाबा भनेर चर्चित बनेका विजय केसीकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठगी गरेको आरोपमा उजुरी परेपछि बाबाकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।उजुरीका आधारमा बाबकी श्रीमतीलाई सोमबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । ‘ठगी गरेको आरोपमा बाबाकी श्रीमतीविरूद्ध उजुरी परेको थियो ।
पाण्डेले अघोर बाबा संग बिहे गर्नु पुर्ब नै अमेरिका लैजाने भन्दै केहि ब्यक्तिहरु संग मोटो रकम लिएको र पैसाका लागि आफ्नै श्रीमान संग बिहे गराईदिएको भन्ने बिषयहरु सार्बजनिक भैईरहेका बेला अघोर बाबा समेत यस प्रकरणमा मुछिएका हुन् ।
अमेरिका बाट आएर शारदा पाण्डेले बिहे गरी करिब १३ बर्षका छोरा सहित अघोर बाबा संग बस्दै आएकी छिन् ।