नेपालमा हुने भनिएकाे नेपाल र कुवेतकाे खेल भुटानमा हुने

काठमाण्डौ – फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेत बीचको खेल भुटानमा हुने भएको छ । एएफसीका प्रतिनिधीको रिपोर्टका आधारमा नेपालले घरेलु मैदानमा खेलाउने भनिएको खेल अन्तिम समयमा भुटानमा हुने भएको हो । खेलकै लागि पछिल्लो एक महिना अघि देखी रंगशाला मर्मत कार्य चलिरहेकै बेला प्रतिनिधिहरुले रंगशालाको स्तरैकारण खेल सारेको हो ।

File Photo:Google

एएफसीका प्रतिनिधि देङ सिआ लोङले एन्फालाई इमेलमार्फत यो खेल भुटानको चाङलिमिथाङमा हुने जनाएका छन् । केही दिनअघि एएफसीको टिम निरीक्षणका लागि काठमाण्डौ आएको थियो ।  रिपोर्टका आधारमा एएफसीले नेपालले घरेलु मैदानमा खेलाउने भनिएको कुवेत विरुद्धको खेल भुटानको थिम्पुमा सारेको  हो ।

चार वर्षअघि आएको विनाशकारी भूकम्पका कारण खेल्न योग्य नभएको रंगशाला पछिल्लो पटक मर्मतको अवस्थामा रहेको छ । एएफसीका प्रतिनिधिले पनि कुवेतको खेलसम्म रंगशाला तयार नहुने रिपोर्ट बुझाएका थिए ।

खेल पुर्ब निर्धारित समय अनुसार मंसिर ३ गते  भुटानमा हुने भएको छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।