सिड्नी ।
बलिउड अभिनेत्री करिना कपुर यतिबेला सिड्नी छिन् । भारतीय हिन्दुहरुको महान पर्ब दिवालीको अबसर सिड्नीमा आयोजित दिवाली बिशेष शोमा करिना सहभागी भएकी हुन् । ईन्डियन ब्युटी सेक्रेटको आयोजनामा क्यान्सर काउन्सिलको सहयोगार्थ आयोजित उक्त शोमा करिनाले दर्शकको उल्लेख्य साथ पाईन् । गाला डिनर सहित सहितको ईभेन्टमा लाईभ ब्याण्ड,डान्स,डिजे सहित स्टेज प्रस्तुती राखिएको थियो ।
शनिबार राती ब्ल्याक टाउनमा आयोजित ईभेन्टमा करिना स्वयम् खुसी देखिन्थिन् । गत साता सिड्नी आएकी अभिनेत्री करिनाले मिडिया प्रतिकृया भने दिएकी छैनन् ।
तस्विर:जिन्दिप फोटोग्राफी