मिस नेपाल अनुष्का श्रेष्ठलाई सहयोगको खाँचो

श्यामसुन्दर गिरी ।
मिस नेपाल अनुष्का श्रेष्ठलाई मिस नेपाल वर्ल्डमा सहभागी हुन सहयोगको खाँचो परेको छ । मिस नेपाल हुनु पुर्ब सिड्नी बस्दै आएकी श्रेष्ठलाई मिस वर्ल्डको एक अंश मल्टिमिडिया अवार्डको माध्यम बाट अगाडी बढ्नका लागि फलोअर्ष र लाईकको सहयोग चाहिएको हो ।डिसेम्बर १४ मा एक्सल लण्डनमा हुने मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधित्व जनाउने अनुष्कालाई सिधै मिस वर्ल्डको उत्कृष्ट २० मा प्रस्तुत गर्नका लागि भने उनलाई मोबस्टार मोबाईल एप्लिकेशनमा गएर उनको प्रोफाइमा फलो र उनको तस्विरलाई लाईक गर्नु पर्ने हुन्छ ।

उक्त मोबाईल एप्लिकेशनमा मिस वर्ल्डमा सहभागी हुनेमध्ये सर्बाधिक फलोअर्ष प्राप्त गर्ने प्रतियोगीले मल्टिमिडिया अवार्ड प्राप्त गर्नेछ भने सो प्रतियोगी सिधै उत्कृष्ट २० मा पुग्नेछ । यस कारण पनि मिस नेपाल श्रेष्ठले आफुलाई फलो गर्न र तस्विरमा लाईक गर्न उनले सामाजिक संजाल फेसबुक मार्फत् अपिल समेत गरेकी छिन् ।

नेपाली टिभी संग कुरा गर्दै उनले आफुलाई अष्ट्रेलियाको नेपाली समुदायका दाजुभाई-दिदिबहिनि बाट ठुलो सहयोगको खाँचो रहेको बताउदै सहयोग गर्न आग्रह गरेकी छिन् ।केहि बर्ष अष्ट्रेलिया बसेर मिस नेपालको ताज जिते लगत्तै नेपाल फर्किएकी अनुष्काले अष्ट्रेलियाका नेपाली समुदाय संग बलियो सम्बन्ध रहेकाले पनि सहयोगको आसा गरेको बताईन् ।उनले आफुले मल्टिमिडिया अवार्ड प्राप्त्त गर्न सके प्रतिस्प्रर्धामा अगाडी बढ्न हौसला मिल्ने बताउदै मेक्सिको लगायतको केहि देश नेपाल भन्दा तीन गुणा अगाडी रहेकाले नेपालको प्रतिनिधित्वलाई सहयोग गर्न अपिल गरेकी हुन् ।

६९ औ मिस वर्ल्डको यस पटकको संस्करणमा नेपाल सहित एक सय नौ देशका १८ देखी २७ बर्ष सम्मका सुन्दरीले प्रतिस्पर्धा गर्ने भएका छन् । यस संस्करणमा अष्ट्रिया र जिम्बाबेले निबेदन फिर्ता गरेका छन् ।

गत मिस वर्ल्डको संस्करणमा नेपाल पहिलो पटक सर्बाधिक अग्रपंक्तिमा पुग्न सफल भएको थियो । मिस नेपाल २०१८ शृखला खतिवडा प्रतियोगिताको १२ औ स्थानमा पुग्दा नेपालीको मन जितेकी थिईन् ।

यसरी गर्न सकिन्छ मिस नेपाललाई फलो:

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।