काठमाडौं ।
केहि दिन अघि नेपाली क्रिकेट संघको निलम्बन फुकुवा भएकै भोलिपल्टै कप्तान पारस खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । भने आईतबार उनले क्रिकेट संघमा राजिनामा पेश गरे संगै उनको राजिनामालाई संघले स्विकृत गरेको छ ।खड्काको राजिनामा पछि अहिले नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको रुपमा ज्ञानेन्द्र मल्ललाई जिम्मेवारी दिएको छ ।
खड्काले नेपाली क्रिकेटको बिकास र स्तरोन्तिका लागि क्रिकेट खेल्न भने नछोड्ने बताएका छन् ।