चितवन । ‘नेपालका लागि नेपाली’ भन्ने नारा लिएर अभियान सञ्चालन गरिरहेका ज्ञानेन्द्र शाही माथि चितवनमा शनिबार हमला भएको छ । भरतपुरको चौबिसकोटमा खबरदारी सभा गरिरहेका शाहीमाथि सांघातिक हमला भएपछि प्रहरीले उद्वार गरी अस्पताल पुर्याएकाे हो । कसले र किन शाहीमाथि हमला गर्यो भन्ने एकिन नभएपनि नेकपा सम्वद्ध विद्यार्थीले राजावादीलाई कार्यक्रम गर्न दिदैनौ भन्दै कार्यक्रम विथोलेका थिए । यसको लगत्तै उनीमाथि कुटपिट भएकाले सत्तारुढ दलकै भातृ संगठनका विद्यार्थीले कुटपिट गरेको हुनसक्ने बताइएको छ । थप जानकारी आउन बाँकी छ ।