गायक राजेश पायल राईको घरमा आगलागी,सबै नष्ट !

काठमाण्डौ – गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरमा रहेको उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । गायक राई साङ्गीतिक कार्यक्रमका लागि यतिबेला नेपाल बाहिर रहेका छन् ।आगलागी बाट उनले पाएका अवार्ड र सम्मानहरु समेत जलेर नष्ट भएका छन् । घरमा आगलागी पछि उनले लेखेका छन् :

‘म पीडामा छैन किनकी तपाइँहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा, पीडा हैन । मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाइँहरुले दिएको आशिर्वाद माया, सुझाव नजलोस् । म सदा तपाइँहरुकै काखमा लुट्पुटिने मान्छे ।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।