काठमाडौं । प्रहरीले ज्ञानेन्द्रबहादुर शाहीलाई उनकै कार्यालबाट पक्राउ गरेको छ । केही बेरअघि ललितपुरको पुल्चोकस्थित कार्यालयबाट शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।शाहीले हिजो साँझ नेपालगंज विमानस्थमा भएको घट्नाकाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा होहल्ला भइरहेको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनको पत्रकार सम्मेलनमा पत्रकार भन्दाबढी विद्यार्थीहरु प्रवेश गरेपछि भनाभनको स्थिति उत्पन्न भएको केहिले उनलाई कुटेको समत खबर छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई धनगढीको कार्यक्रमबाट फर्कने क्रममा जहाज ढिलो हुँदा उनीमाथि दुव्र्यहार भएको स्वयं मन्त्री आफैंले बताएका छन् ।
विमानमा सँगै रहेका यात्रु ज्ञानेन्द्र शाही लगायतले अपशब्द बोल्दै दुर्व्यवहारको गरेको मन्त्री भट्टराईले बताएका छन । तर मन्त्रीले घट्ना बारे ढाँटेको र त्यसको भिडियो आफूहरुसँग सुरक्षित रहेको भन्दै शाहीले पत्रकार सम्मेलनमा चुनौति दिएका छन् ।