भिडियो भाईरल बनेपछि मन्त्री भट्टराईले मागे माफी

काठमाण्डौ ।

केपी शर्मा ओली सरकार बनेपछि गरिएका अधिकांश निर्णयहरु कुनै न कुनै रुपमा बिवादमा आए । तर योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दा चर्चा र प्रशंसा बढि आलोचना कम भएको थियो । युवा नेतालाई मन्त्रीको रुपमा अधिकांशले उनलाई सफल कार्यकालको बधाई दिँदै नेपालीहरुको आंकक्षामा खरोरुपमा उत्रिन भन्दै शुभकामना पनि दिए । हुन पनि हो मन्त्री भट्टराईप्रति धेरै जनताहरुको आसा बढि नै छ । तथापी मन्त्री भट्टराई आज भएको एक घटनाले बिवाद र भाईरल दुबै अवस्थामा आईपुगेका छन् ।

मन्त्री भट्टराईले एक घण्टा जहाज कुराएपछि (भिडियो सहित)

Posted by Gyanendra Shahi on Saturday, September 14, 2019

कर्णाली नदीलाई डल्फिन क्षेत्रको रुपमा विकास गर्नुपर्छः मन्त्री भट्टराई
कैलाली जिल्लाको टिकापुरमा आयोजना गरिएको डल्फीन महोत्सवमा भाग लिई फर्कने क्रममा उनकै कारण एक घण्टा जहाज रोकिएपछि विमानभित्रै उनीमाथि केही यात्रुहरु आक्रमक बने जुन भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ। भिडियो भाईरल बनेसंगै मन्त्री भट्टराईले यस बिषयमा स्पष्टीकरण दिएका छन् । उनले कार्यक्रम सकेर फर्कने क्रममा केही ढिला भई जहाज रोकिन गएको स्वीकार गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले अप्रत्यक्षरुपमा राजावादी पक्षधर विमानभित्रै आफुमाथि आक्रमक बनेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् “आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो ।”

“भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३ / ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुस्ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु” । साथै उनले आफनो कारणले जहाज ढिला भएको भन्दै यात्रुहरुसमक्ष माफी पनि मागेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।