रबि लामिछाने सहितलाई हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल सरकाको निबेदन

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आरोपित न्यूज २४ को सिधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने, युवराज कडँेल तथा अस्मिता कार्कीलाई हिरासतमै राखेर अनुसन्धान गर्न नेपाल सरकारको तर्फबाट निवेदन परेको छ ।चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्धामा आरोपित तीनै जनालाई गत भदौ ९ गते थुना मुक्त गरि अनुसन्धान गर्ने फैसलालाई बदर गर्दै थुनामै राखेर अनुसन्धान गर्न नेपाल सरकारको तर्फबाट उच्च अदालत पाटन, हेटाँैडा ईजलासमा निवेदन परेको हो ।

रामिछानेसहित तीनै जनालाई विपक्षी बनाई दिईएको निवेदनमा लामिछाने र कँडेललाई धरौटी र कार्कीलाई साधारण तारेखमा रिहा गर्ने चितवन अदालतले गरेको फैसलालाई खारेज गर्न माग गरिएकोे निवेदन उपर मंगलबार सुनुवाई हुने भएको छ ।

यसैगरी, यसअघि आरोपित रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रिहा गरिपाउँ भनि उच्च अदालत पाटन हेटाँैडा ईजलासमा दिएको निवेदनको प्रारम्भिक सुनुवाईको क्रममा मगाईएको प्रतिवेदन सोमबार उच्च अदालत हेटाँैडामा प्राप्त भएको छ ।

उच्च अदालत पाटन हेटाँैडा ईजलासले जिल्ला अदालत चितवनसँग घटनाको सम्बन्धमा सम्पुर्ण प्रतिवेदन माग गरेकोमा आज जिल्ला अदालत चितवनले प्रतिवेदन उच्च अदालतमा पेश गरेको उच्च अदालत पाटन हेटौंडा ईजलासले जनाएको छ । यो निवेदनको उपर आउँदो बिहिबार बहस हुने भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।