रुचाईएन नयाँ ‘भद्रगोल’

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आयो । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन । भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो । नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन)ले लिएका छन् । गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ । तर, दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन । साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन् ।

यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ । यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ । तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । अहिले यो समाचार तयार पार्दा यूट्यूवमा सो एपीसोडमा १७ हजार लाइक र २० हजार डिसलाइक देखिएका छन् ।

यति मात्र होइन, यसमा आएका ११ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन् । अधिकांसले पुरानो टिमलाई फर्काउने माग गरेका छन् । कतिपयले अब भद्रगोल नहेर्ने घोषणा पनि गरेका छन् ।

उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री-पाँडेको समुह भद्रगोलबाट अलग भएको हो । उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । मिडिया हब यसमा सहमत छैन ।

यसअघि भद्रगोलका अधिकांश एपीसोडहरु ट्रेन्डिङमा पहिलो नम्बरमा आउने गरेका थिए । तर, पुरानो टिम तितरवितर भएपछि मिडिया हबलाई यसको लोकप्रियता कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।

यस्ता छन् युटुवमा भद्रगोलमा आएका केहि कमेन्टहरु

थुक्क यो भद्रगोल पनि गोल मत्तै भएछ अबो देखि नहेर्ने

आज बात भद्रगोल हेर्न छोदिंछ, हामी लाई पुरानै कलाकार चाहियो, नत्र आजै बात मीडियाहब Unsubscribe गरिंछ

भने जस्तै हमिलाइ पुरानो भद्रगोल नै चाहियो

के खाल को हो यस्तो भद्रगोल पुरानै कलाकार चाहियो

यस्तो भद्रगोल आउने हाे भने अब हेरिदैन। वाईहात।

हैन यो के तमासा हो । भद्रगोल को त ईज्जत् जाने भयो । पुराना कलाकार बिना हेर्ने मन लागेन। पुराना कलाकार जति राम्रो पात्र नयाँ देखिएन ।

नया भद्रगोल भन्दा त केपि को भाषण सुन्न नै मज्जा आयो, बिल्कुल मजा आएन नया भद्रगोल आआथु

भद्रगोल मा पुराना कलाकार चाहियो । नत्र बहिष्कार भद्रगोल

चिनी बिनाको चिया जस्तो घाँस भद्रगोल

नयाँ कलाकार हरूले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने जमर्को गर्नु भयको छ। तर जसरि पनि हाम्रो पुरानो कलाकारहरूको जस्तो भयन । हेरेर एक पटक पनि हाँसो उठेन बरै।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।