सुर्खेत गौहत्या प्रकरण : प्रहरी निरीक्षकसहित २ जना पक्राउ

सुर्खेत,

सुर्खेत गौहत्या प्रकरणमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सन्तृतसिंह श्रेष्ठलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेका अनुसार दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको छ । गएको भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले कान्जी हाउसबाट दैलेख लैजाने भनिएका २ सय ९१ गाईमध्ये ३६ ओटा गाईगोरु वीरेन्द्रनगरको कट्कुवा र बेउरेनीमा मृत भेटिएका थिए । प्रहरीले यस प्रकरणमा ट्रक चालकसहित ७ जनालाई यसअघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

गौहत्या घटनाका विषयमा गृह मन्त्रालय, कर्णाली प्रदेश र नेपालगञ्ज उपमहानगरपालिकाले समिति गठन गरेर छानबिन गरिरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।