चुरे पहाडकै फेदमा खानेपानीको समस्या, पिउनका लागि पानी छैन्

इन्दिप कोइराला

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत अम्लेखगञ्जमा लामो समयदेखिनै खानेपानीको समस्या रहेदै आएको छ । खानेपानीको लिगि स्थानीयबासिन्दा पुराना धारा, नदी, प्रचिन ढुंगेधारा तथा खोलाको पानी खान बाध्य भएका छन् । खानेपानीको अभावमा यहाँका होटेल व्यवसाय संकटमा पर्न थालेका छन् ।
खानेपानीको कुनै बिकल्प न त सरकारले गरेको छ न त स्थानिय सरकारले नै चासो दिए पछि बाध्य भएर खोलाको पनिनै खाने गरेको स्थानिय कृष्ण बहादुर बिकले बताए ।
यता खोलाको र मुहानको पनि सिदै पिउने गर्दा स्थानिय बिरामि भएका छन, पिउनसम्म पानी अभाव छ यहि पनिले खाना बनाउनुपर्छ र यहि पानीको सेबले बिरामीसमेत हुनु परेको माया देबि लामाले बताईन ।

स्थानीय बासिहरुलाई खानेपानी सम्बन्धि समस्या दिन प्रतिदिन बढ्दै गएको अफलाई जानकार रहेको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको २१ नं. वडा अध्यक्ष कृष्ण बहादुर ठकुरीले बताए । उनले यसको समाधनका लागि नगरलागिपरेको बताउदै पहिलाको भन्दा केहि सुधार गरिरहेको र यसको स्थाई निकासका लागि आफु लागिपरेको उनको भनाई छ ।
यता जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको २२ नं. वडा अध्यक्ष मानिक लाल थिङ्ग भन्छन, चुरे पहाडकै फेदमा रहेको अमलेखगंज बस्तीमा खानेपानीको समस्या र हाहाकार जो कोहीलाई पत्याउनै गा¥हो हुन्छ तर यथार्तमा यस ठाँउमा पानीको निकै हाआकार रहेको बताए । उनले आफुले बिभिन्न सरकारी निकाय सँग समनय गरेर यसको हलका लागि आफु लाग्ने बताए ।
पानी सङ्कलन गर्न नयाँ बिजौरी, पुरानो बिजौरी, ४ नम्बर पुल छेउ र १ नं. मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याइएको थियो ।
चुरे पहाडकै फेदमा रहेको अमलेखगंज बस्तीमा खानेपानीको समस्या र हाहाकार जो कोहीलाई पत्याउनै गा¥हो पर्छ । पानी रिचार्ज गरी तराईका फाँटलाई हराभरा, उर्वरयुक्त गर्ने भनिए पनि चुरे पहाडकै काखमा रहेको यस बस्तीमा खानेपानीको समस्या सा¥है दुःखदायी छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।