ह्याकरको कारण देशकै बेईज्जत भएकोमा चीनले लियो कडा एक्सन !

काठमाण्डौ ।

नेपाली बैंकको एटीएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ राजदूतावासले चासो व्यक्त गरेको छ। पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकरका गिरोहलाई भेट्न महानगरिय प्रहरी परिसर काठमाडौं पुगेका थिए।‘हामीले ति गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेपछि साँझ करिब ७ बजे नेपालस्थित चिनियाँ दूतावासका (फ्रष्ट सेक्रेटरी) फिङसाओलिन आउनु भएको थियो’ प्रहरी स्रोतले नागरिक न्यूजसँग भन्यो। करिब डेढ घण्टा बसेका दुतावासका कर्मचारीहरुले परिसरका प्रमुख उत्तम सुवेदीलाई समेत भेटेका थिए। सुवेदीलाई भेटेर फिङसाओलिनले ति गिरोहले आफ्नो देशको बेइज्जत गरेको भन्दै राम्रोसँग अनुसन्धान गरिदिन आग्रह गरेको स्रोतले नागरिक न्यूजलाई बतायो।

चिनियाँ दूतावासको टोलीले ति गिरोहलाई पनि भेटेका थिए। ‘ति पाँच जनालाई नै भेटेका हुन्’ प्रहरी स्रोतले भन्यो ‘उनीहरुकै भाषामा केहिबेर कुराकानी गरे हामीले बुझेनौं।’प्रहरीले चिनियाँ नागरिक ४० वर्षका लु जियालिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, २९ वर्षका लिन जिनमिङलाई पक्राउ गरेको थियो। त्यस्तै उनीहरुको बयानको आधारमा प्रहरीले सोमबार विमानस्थलबाट अर्का एक चिनियाँ नागरिक सु लुसलीलाई पनि पक्राउ गरेको छ।

नविल र प्रभु बैंकको एटीएम पिन नम्बर ह्याक गरेरका थिए। प्रहरीले उनीहरुबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको थियो। त्यस्तै ति प्रहरीले ह्याकरहरुले पैसा साटेका नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन श्रेष्ठ र मेनेजर रेवती दवाडी र डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछानेलाई पक्राउ गरेको छ। नागरिक दैनिकमा खबर छ ।

सी नेपाल आउन इच्छुक भएसँगै भ्रमणको तयारी शुरु
चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणमा आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन्। आगामी असोज अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो।राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र सोही क्रममा काठमाडौं आउने बताइएको छ। सी नेपाल हुँदै भारत जाने वा भारत भ्रमण सकेर नेपाल आउने भन्नेबारे अझै टुङ्गो नलागे पनि उहाँको भ्रमण हुने बलियो संकेत आएसँगै यसबारेको तयारी अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ।

सीको भ्रमणको सुरक्षा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालले प्रदान गरेको सुरक्षाभन्दा कमजोर हुन नहुने चिनियाँ पक्षको जोड रहेको सो मन्त्रालयका एक अधिकारीले बताए। ती अधिकारीका अनुसार गत असार र साउनमा नेपाल आएको चिनियाँ सुरक्षा टोलीले मोदीसरह र अझ उपल्लोस्तरको सुरक्षा सुनिश्चिताको अडान दोहोर्याएको हो।

सीको भ्रमणको सुरक्षाका लागि सुरक्षा निकायको युनिफाइड कमान्डोले उच्चस्तरीय भ्रमणको सुरक्षा योजना हस्तान्तरण गरेको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा सी नेपाल आउने चर्चा भए पनि नेपालले भ्रमणबारे पर्याप्त गृहकार्य नगरेको दाबी गर्दै चीन पछि हटेको थियो।

भारतका राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक तेस्रो साता नेपाल आउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले दुवै छिमेकका राष्ट्रपति नेपाल आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयसँगै कतिपय कूटनीतिक व्यक्तिले नेपाल चीनलाई रिझाउन र दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहन्छ भन्ने सन्देश दिन सी भ्रमणको टुङ्गो नलाग्दै सार्वजनिक बिदाको घोषणा गरेको टिपपणीसमेत गरेका थिए।

यसपटक सीले नेपाल भ्रमण गर्ने भएसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकारी सुरक्षाको तयारीमा जुटेका छन्। सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न विभिन्न चरणको छलफल भइसकेको सुरक्षा निकायले जनाएको छ।

सुरक्षा स्रोतले भन्यो– ‘उहाँ (सी)को भ्रमणको मिति टुङ्गो लागेको खबर हामीलाई पनि आएको छैन तर भ्रमणलाई लक्षित गर्दै सुरक्षा तयारी भने भइरहेको छ।’नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीबाट हुने चीन भ्रमणका क्रममा नेपालले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दोहोर्याउँदै आएको छ। यो समाचार नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

एटीएम ह्याकिङमा संलग्न चिनियाँमुलका फ्रान्सेली सहित तीन नेपाली पक्राउ
राजधानीका विभिन्न बैंकहरूको एटीएम ह्याकिङमा संलग्न चिनियाँ मूलका फ्रान्सेली नागरिक जु लुइक्ली सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीका अनुसार, ह्याकिङ घटनामा संलग्न आठजनामध्ये तीनजना फरार थिए । पाँचजना शनिबार साँझ दरबारमार्गक्षेत्रबाट पक्राउ परेका हुन् । युरोपियन मुलुक स्पेनबाट एटीएम ह्याकिङको कमाण्ड निर्देशन अनुसार परिचालन हुने समूहका सदस्यहरू चिनियाँ मूलका युरोपियन नागरिक भएको हुन सक्ने अनुमान प्रहरीको छ । फरार दुईजनाको खोजी जारी छ ।

यसैबीच, एटीएम ह्याक गरी झिकिएको पैसा सटही गरेको अभियोगमा प्रहरीले ठमेलस्थित डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार रुपिँया सटही गरी २५ हजार आठसय ६२ अमेरिकी डलर लिएका थिए । यतिको रकम सटही गर्नु कानुनी रुपमा गैरकानुनी भएको जानकारी प्रहरीले दिएको छ । नागरिक दैनिकमा खबर छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।