रवी लामिछानेविरुद्ध पुडाशैनी पत्नीको किटानी जाहेरी,आज अदालत जादै लामिछाने

काठमाडौं । रवी लामिछानेविरुद्ध पत्रकार सालिकराम पुडाशैनीकी श्रीमती सम्झना घिमिरेले महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी छिन् । गएको साउन २० गते चितवन बसपार्कस्थित होटल कंगारुमा पत्रकार शालिकराम झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनीले मर्नुअघि आफुलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै भन्दै चर्चित संचारकर्मी रवी लामिछाने, युवराज कडेल र अस्मिता कार्कीको नाम लिएर भिडियो रेकर्ड गरेका थिए ।

सो भिडियो सार्वजनिक भएपछी प्रहरीले अनुसन्धानका लागि तिनै जनालाई नियन्त्रणमा लिएको थियो । लामिछानेसहित तीन जनाविरुद्ध पीडित परिवारले आइतवार महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका छन् । मृतककी श्रीमती सम्झनाले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् । आज सोमबार लामिछाने चितवन जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न दिएको मिति सकिदैछ । जस्को लागि उनी अदालत जादैछन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । पुडाशैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार जाहेरी दिन प्रहरी कार्यालय पुगेकी हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।