महानगरीय अपराध महाशाखाको टोलीले विजेश्वरी हाउजिङको झिँगु क्याफेमा गोली हानेर ‘लोप्साङ’ भन्ने विजय लामा र अमृत तामाङलाई पक्राउ गरेको हो ।अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लामालाई घुँडामुनि गोली लागेको छ । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रकम माग गरेका थिए। नदिए छोरी मार्ने धम्की दिएका थिए। उनी लुटेरा रहेको प्रहरीले जनाएको छ।उनले तामाङलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेका कारण गोली प्रहार गर्नु परेको बताए। ‘महाशाखाको टोलीले चलाएको गोली उनको घुँडामुनि लागेको छ’, उनले भने, ‘उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।’