गायक रामकृष्ण ढकाल आर्थिक संकटमा, पाँच करोड ऋण नतिरेको भन्दै सहकारीले निकाल्यो सूचना

काठमाडौं : गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले करिब ५ करोड ऋण नतिरेको भन्दै ललितपुरस्थित एक सहकारीले संस्थाले सूचना प्रकाशित गरि पैसा तिर्न ताकेता गरेको छ । सहकारीले ९ वर्ष अगाडि लिएको ऋण नतिरी उल्टै धम्की दिएको भन्दै एक दैनिक पत्रिका मार्फत सूचना नै सार्वजनिक गरि ताकेता गरेकाे हाे ।ललितपुरस्थित श्रीलालीगुराँस सहकारी संस्थाले ऋण तिर्नुको साटो ढकाल दम्पत्तीले विभिन्न व्यक्ति लगाएर धम्क्याएको पनि आरोप लगाएको छ । ढकालकी पत्नी शाहले सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् ।नौ बर्ष अघि लिएको ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो ।

त्यसले पनि असुल उपर नभएको भन्दै सहकारीले सूचना निकालेको हो । ढकाल दम्पत्तीसहित सहकारीले ६ जनाको नाममा सूचना प्रकाशन गरेको छ । केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शितल भिडियो चलचित्र मन्दिरलाई पनि उर्दी जारी गरिएको छ ।सहकारीको सूचनामा ढकालले चुक्ता गर्न बाँकी रकम २ करोड ३० लाख ९७ हजार ७६१ उल्लेख गरेको छ । यस्तै ढकालपत्नी शाहले २ करोड ६२ लाख २४ हजार ८९ उल्लेख छ । ढकालले चाहिँ ४ वर्षअघि नै ऋण सल्टाइसकेको र अहिले पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गर्न खोजिएको बताएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।