काठमाण्डौ ।
गत फागुन देखी रिक्त रहेको पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त भएका छन् । तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय मन्त्रीबिहिन थियो । तर प्रधानमन्त्रीले नै पर्यटनमन्त्रीको समेत कार्यभार समालदै आएका थिए ।नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयमा आफूलाई आइस्यो गैस्यो भनेर सम्बोधन नगर्न कर्मचारीहरुलाई आग्रह समेत गरेका छन् ।
मन्त्रालयको कार्यकक्षमा कार्यभार सम्हाल्दै गर्दा मन्त्री भट्टराइले भन्नुभयो, ‘यहाँ मलाई आइस्यो गैस्यो नभन्नुहोला, आउनुस् जानुस् भन्नुहोला, सरल हुनुपर्छ ।’