ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् ।उनकै कारण ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गरेको बताइन्छ ।इन्स्टाग्राममा उनका फ्यानहरुको फलोइङ पनि लोभलाग्दो छ । ब्रिटिस अनलाइन द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरेपछि उनी संसारभर चर्चित बनेकी हुन् ।
इन्स्टाग्राममा उनले अपलोड गरेका केही तस्वीर यस्ता छन्-
यो पनि पढ्नुहोस्: भिजे हुँदै अभिनय यात्रा थालेकी सुरक्षा
नायिका सुरक्षा पन्त पछिल्लो समय चर्चामा रहेकी नायिकामध्ये एक हुन् । पछिल्लो समय यी अभिनेत्रीको शीर्ष भूमिका रहेको फिल्म ‘घर’ प्रदर्शन भयो । यो फिल्ममा उनले गरेको अभिनयको ठीकै चर्चा भयो ।
खासै नबोल्ने, विवादमा आउन नचाहने सुरक्षाले कहिलेकाहीँ कविता पनि कोर्ने गर्छिन् । उनले फिल्म ‘अझै पनि’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला चालेकी थिइन् । तर उनको चर्चा खगेन्द्र लामिछानेको फिल्म ‘धनपति’ बाट हुन थालेको हो । यो फिल्मबाट उनले राम्रो तारिफ पनि पाइन् ।
सामाजिक सञ्जालमा पनि खासै सक्रिय नहुने सुरक्षा इन्जिनियरिङकी विद्यार्थी हुन् । भिजे हुँदै अभिनय क्षेत्रमा आएकी सुरक्षाको मन परेको फिल्म ‘सुस्केरा’ हो तर यो फिल्म अझै रिलिज भएको छैन ।
सामाजिक सञ्जालमा खासै सक्रिय नहुने सुरक्षा अभिनयका माध्यमबाट दर्शकको मनमा आफ्नो स्थान बनाउन चाहन्छिन् । यहाँ भने हामीले उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका केही तस्वीर शेयर गरेका छौँ ।