कस्तो गीत हो “घाँटी भन्दा तल राम्री नै छे”

काठमाण्डौ ।पछिल्लो समय चर्चामा रहेको गीतको ‘घाँटी भन्दा तल राम्री नै छे’को बिषयमा सामाजिक संजालमा ब्यापक टिका टिप्पणी हुन थालेका छन् । सोही गीतमा अभिनय गरेकी रिमा बिश्वकर्माको फोटो हालेर सामाजिक संजालमा ‘घाँटी भन्दा तल राम्री नै छे’ भन्दै अदृष्य रुपमा ब्यङग्य गरिएको छ । सामाजिक संजालमा यस्ता दिअर्थी लाग्ने गीतका शब्दले आम नारीको ईज्जतमाथि प्रश्न चिन्ह खडा गरेको स्वयम् संगीतकर्मीहरु नै बताउछन् ।

यस्तो छ गीतको शब्द:
पार्टीमा भेटे उसलाई ओठ तल पियर्सिङ,बूढासँग नाच्दै थिई ऊ, बि–बोइङ एन्ड हिप सेकिङ  
गोरो मुखमा मन्द मुस्कान, आँखा मलाई सन्काउँदै,ककटेल लिन पठाई बूढालाई, पाइला मतिर लम्काउदै
चुरोट थियो हातमा उसको, गर्मीले म मरिसकेँ,हातको रोलेक्स देखी कि क्या हो, हात थामेर नाच्न थाली
प्रतीकलाई गएर सोधेँ मैले,‘यार त्यो केटी लास्ट मनपर्‍यो,पट्याइदिऊँ कि क्या हो’
प्रतीकले यसो तलदेखि माथि हेरेर भन्यो- पट्याइदेन्त, आखिर ‘घाँटीभन्दा तल त राम्री नै छे’
घाँटीभन्दा तल त राम्री नै छे…घर पुगेँ काने फुसुफुस हानेँ उसको नम्बरमा
त्यसपछि स्काइप र च्याट हुन्थ्यो अन्तरजालमा,आवाज सुन्दै भैंसीजस्ती फोटोसप हान्छे कम्मरमा
मुख छाड्ने केटी कस्ती आइपुग्यो मेरो खप्परमा ,चारपाँच रै’छन् बूढा अरु, मस्किन्छे छैटौंसँग
बाइकमा आँखा लाई कि क्या हो, भन्छे बूढा जाऊँ न घुम्न,प्रतीकलाई गएर फेरि सोधेँ मैले-
यार, बोर गरिसकी, र्‍याक गरिसकी, ब्रेकअप दिऊँ कि क्या हो
प्रतीकले यसो हेरेर भन्यो, ‘हैट।’घाँटीभन्दा तल त राम्री नै छे।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।