डा.सुरेन्द्रलाई करिश्माको कडा जवाफ,बिनोद मानन्धरमा कुनै कमी छैन

काठमाण्डौ ।

हरेक कलाकारको आफ्नो व्यक्तिगत जीवन हुन्छ, उनीहरूको परिवार हुन्छ, आत्मसम्मान हुन्छ अनि स्वतन्त्रता हुन्छ। हामीले हरेक कुरामा उनीहरूको जीवन सार्वजनिक होस् भन्ने चाहनु उपयुक्त नहुन सक्छ । उनीहरूको व्यक्तिगत जीवनमाथि उनीहरूको इच्छा विपरीत नचाहिने चासो र चियो गर्नु उनीहरूको स्वतन्त्रतामा बाधा पुर्‍याउनु पनि हो । यस्ता कुरामा कतिपय कलाकारलाई वास्ता नलाग्न सक्छ तर सबै कलाकार उनीहरूको आत्मसम्मानमा आँच आउने कुरा सहन सक्दैनन् ।यो प्रसङ्ग आएको हो अभिनेत्री करिश्मा मानन्धरको केही घण्टा अगाडी लेखिएको फेसबुक स्टाटसबाट । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले एक युट्युब च्यानलमा विनोद मानन्धरले करिश्माको श्रीमान् भनेर आफूलाई चिनाउँदा अझै फिल्मकर्मीमा व्यक्तित्व विकास नभएको भनेका थिए । यसै कुरालाई खण्डन गर्दै आफ्नो आत्मसम्मानमा आँच पुग्ने गरी यती तल्लो स्तरको विश्लेषण गरेको भाव व्यक्त गर्दै करिश्माले फेसबुकमा लामो स्टाटस लेखेकी छिन् । उसो त करिश्मा आफूलाई गलत लागेको र गलत नियतका कुराहरूमा खुलेरै विरोध गर्छिन् ।

यस विषयमा पनि बोलाइको आधारमा डा. केसीको व्यक्तित्व अन्दाज गर्न मुस्किल हुने भन्दै, ”एउटा अन्तरवार्तामा वहाँले भन्नू भएको रहेछ कि सिनेमाका व्यक्तिहरूले आफ्नो व्यवहार र आचरणका कारण आफूलाई निम्न स्तरमा पारेका छन् र उदाहरण दिँदा मेरो श्रीमान् विनोद जीको नाम लिनुभएको रहेछ । विनोद जीले आफ्नो परिचय दिँदा करिश्माको श्रीमान् भनेको ले विनोद जी कसरी इज्जत विहीन हुनुभयो डा .केसी ? जो मानिस आफू राजा जस्तो बनेर हिँड्न चाहन्छ नि उसले आफ्नो श्रीमतीलाई रानी सरहको व्यवहार गर्छ । अनि जो मानिस तपाईँको अगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उसको कमजोरी होइन त्यो उसको बड्कपन हुन्छ ।” उहाँ जस्तो व्यक्तित्वबाट आफूले यो आशा नगरेको भनेकी छिन् ।

यसमा अन्य कुरा जोड्दै, ”विनोद मानन्धर तपाईँको तुलनामा कुनै कुरामा कम छैनन् । सबैभन्दा ठुलो कुरा उहाँमा मानवता छ र उहाँले तपाईँले जस्तो अरूको नचाहने जजमेन्ट गरेर अरूको बारे गलत व्याख्या गर्नुहुन्न । अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहँदैनन् । हामीले तपाईँको केही खाएको छैन ।cinepati

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।