बल्खु खोलामा ‘रगत’को भेल, खोला नै रक्ताम्य खास के हो ?

काठमाडौं।
राजधानीको कलंकी स्थित बल्खु खोलामा अचानक ‘रगत’ जस्तो देखिने पदार्थले भरिएको छ । एका एक खोलामा यस्तो पानी आएपछि खोला हेर्न सर्वसाधरणको घुँइचो लागेको छ ।‘खोला पुरै रगतले भरिएको जस्तो देखिएको छ । जनताको भिड लागेको छ । केही घटनापो भएको हो की भनेर प्रहरी पनि आउँदैछ,’ एक प्रत्यक्षदर्शीले दियोपोस्टलाई भने,‘हामीले यस्तो खोला अहिलेसम्म देखेका थिएनौँ ।’  बल्खु खोलामा रगत जस्तो तरल पदार्थको मात्रा बढी देखेपछि प्रहरी पनि त्यस तर्फ जाँदैछ ।कालिमाटी प्रहरी बृतका डिएसपी देवेन्द्र पालले दियोपोस्टले सम्पर्क गरेपछि प्रहरी पठाउने तयारी भएको बताए ।हेर्नुहोस् फोटो फिचर क्रेडिट : दियो पोस्ट

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।