बलिउडका चर्चित गायक उदीत नारायण झालाई ज्यान मार्ने धम्की आएको बताइएको छ । भारतीय संचारमाध्यमहरुले जनाए अनुसार गायक झालाई करिब एक महिनादेखि यस्तो धम्की आइरहेको हो ।उनले दुई हप्ता अगाडि प्रहरीमा यस विरुद्ध निवेदन समेत दीईसकेको समेत खबर छन् । गायक झाले एक महिनादेखि अपरिचित व्यक्तिले फोनमा ज्यान मार्ने धम्की दिएको तर पैंसाको भने कुनै माग नगरेको बताएका छन् । उनको निवदेन सँगै धम्की दिने ती व्यक्तिको व्यापक खोजी भैरहेको बताइएको छ।
धम्की दिने व्यक्तिले बिहारबाट फोन गरेको समेत खुल्न आएको छ। प्रहरीका अनुसार गायक झालाई चोरी गरिएको मोबाइलबाट कल गरी धम्की दिदै आइरहेको छ रहस्य समेत खुलेको छ । एक रिपोर्टका अनुसार प्रहरीको एक टोली नै बिहार गएर यस विषयमा चेकजाँच गर्ने तयारीमा रहेको जनाइेको छ।झा सांगितिक कार्यक्रमका लागि अर्को महिना अमेरिका जादैछन् ।