प्रहरीको पक्राउ पुर्जीपछि सम्पर्क विहिन शिल्पा-छवि

काठमाडौ । पछिल्लो समय पति पत्नी बिचको कुटाकुटको झगडाका कारण चर्चामा रहेका निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेल घटनामा नयाँ रहस्य बाहिर आएको छ । अहिले शिल्पा भोजपुरी चलचित्रको सुटिङमा व्यस्त छिन् भन्ने खबर छ  । उनलाई सुटिङमा नै भेटिन्छ । छवि पनि घरमा नै बसिरहेका छन् । तर अहिले उनीहरु दुबैजना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।अदालतको अनुमतिमा उनीहरुलाई पक्राउ पुर्जी जारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जनाएका छन् । छवि र शिल्पाविरूद्ध अदालतमा बहुविवाहको मुद्दा दर्ता भएपछि बुधबार पक्राउ पुर्जी जारी गरिएको हो । यद्यपी प्रहरीले उनीहरु फरार जस्तै भएकाले खोजी गरिरहेको तर नभेटिएको जनाएको छ ।

छविकी पहिलो पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा उनीहरु विरूद्ध बहुविवाह गरेको उजुरी हालेपछि घटना अर्कै मोडमा पुगेको हो । उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बारे उल्लेख गरेकी छिन् । केही साता पहिले शिल्पा पोखरेलले छवि विरूद्ध घरेलु हिं साको मुद्दा हालेकी थिइन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।