काठमाडौं – असार ११ गते सिंहदरबारको पूर्वी गेट अगाडि जथाभावी पार्किङ गरेर राखिएको गृह मन्त्रालयका दुईवटा गाडी ‘ह्वील लक’ गर्ने ट्राफिक जवानलाई कारबाही गरिएको छ । ‘ह्वील लक’ गर्ने प्रहरी जवान टीकाराम बुढा र कमलेश कुमारलाई ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको हो ।असार ११ गते गहृमन्त्रालयका दुई गाडी बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको गाडीमा महानगरीय ट्राफिक प्रभाग अनामनगरका प्रहरी जवान बुढा र कुमारले ह्वील लक गरेका थिए ।पैदलयात्री हिँड्ने सडक किनारमा गाडी पार्किङ गरेर गृहका अधिकारी खाना खान गएका वेला उनीहरुले लग गरेका हुन ।गृह मन्त्रालयका कर्मचारी खाना खाएर फर्किदा गाडीमा लक देखे । आफूहरु गृहको कर्मचारी भएकाले गाडीको लक खोल्न टिकारामलाई दबाब दिएका थिए तर उनले कानेन् । उल्टै उनले गाडीको कागजपत्र मागे । चालकले कागजपत्र दिन मानेनन् । ‘गृह मन्त्रालयको गाडी हो’ भन्दै ट्राफिक प्रहरीलाई उत्टै थर्काउन खोजे ।
ट्राफिक प्रहरीले कागजपत्र नल्याउँदासम्म गाडी नछाड्ने अडान राखे । केही समयको रस्साकसीपछि ट्राफिक महाशाखाबाट एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) को फोन आयो । त्यसपछि ट्राफिक प्रहरीका जवानले ह्वील लक गरेको गाडी बिना जरिवाना छाडिदिए ।
प्रहरी माथि नै कारबाही
यसरी नियम मिचेर सडकमा रोकिएको गृह मन्त्रालयको गाडीलाई ह्वील लक गर्ने प्रहरी जवान टीकाराम बुढा र कमलेश कुमारलाई काँग्रेस निकट नेपाल विद्यार्थी संघले १३ असारमा सडकमै दोसल्ला ओढाएर सम्मान गरेको थियो ।उनीहरु दुबै जनालाई सामाजिक सञ्जालमार्फत बधाई दिनको ओहिरो लागेको थियो । यसरी सामाजिक सञ्जालमा ट्राफिक प्रहरीका जवानलाई बधाई र गृह मन्त्रालयका अधिकारीहरुलाई गाली आउन थालेपछि टिकाराम र कमलेशलाई स्पष्टिकरण सोधिएको छ ।
गृह मन्त्रालयले दबाब बढाएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) शैलेस थापा क्षेत्रीको निर्देशनमा ट्राफिक महाशाखाले प्रहरी जवान टीकारा र कमलेशलाई ट्राफिक महाशाखामा बोलाएर स्पष्टिकरण सोधेको ट्राफिक प्रहरी स्रोतको भनाइ छ ।यसरी स्पष्टिकरण दिने क्रममा टिकाराम बेहोस भएका ट्राफिक प्रहरी श्रोतले बताएको छ । टिकारामलाई ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तले स्पष्टिकरण सोधेको पाइएको छ । स्पष्टिकरण सोच्ने क्रममा टिकाराम ढलेर अस्पताल नै भर्ना गर्नुपरेको एक ट्राफिक जवानले बताए । स्रोतका अनुसार टिकाराम बेहोस भएपछि उनीमाथि गर्ने भनिएको कार्बाही रोकिएको छ ।तर, डिआईजी शैलेस थापाले भने गृहको गाडी लक गर्ने ट्राफिक प्रहरीमाथि कुनै कार्बाही नगरिएको दाबी गरेका छन् ।
motivenews