काठमाडौं । यतिबेला फिल्मी नगरीमा सबैभन्दा चर्चामा छिन्, अभिनेत्री साम्राज्ञी शाह । उनी कुनै फिल्मका कारण भने चर्चामा आएकी होइनन् । उनी चर्चासँगै विवादमा आउनुको कारण हो उनकै विकिनी अवतारका तस्बिर र प्रेमी संगको सामुन्द्रिक पोज त्यो पनि कामुक मुद्रामा ।दुई वटा फिल्मको छायांकन पूरा गरेर यतिबेला उनी विदेश भ्रमणमा छिन् । ‘रातो टिका निधारमा’ र ‘मारुनी’ फिल्मको छायांकन पूरा गर्दै उनी इन्डोनेसियामा मस्ती गरिरहेकी छन् । त्यही क्रममा उनी विवादसँगै चर्चामा आएकी हुन् । केहीदिन अघि इन्डोनेसियाको जिम्ब्राविचमा विकिनी तस्बिर सार्वजनिक गरेकी थिइन् ।
तीन तस्बिरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तस्बिरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए ।
उनको प्रेम सम्बन्धको प्रशंगले पनि समय-समयमा राम्रै तताएको गरेको छ । मयंक खड्कासँग ब्रेकअप भएपछि उनी केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवाङ्कससँगै उनी यतिबेला विदेशमा मस्ती गरिरहेकी हुन् ।
भदौ १३ मा रिलिज हुने फिल्म ‘मारुनी’ र दशैं टार्गेट फिल्म ‘रातो टिका निधारमा’ को छायांकन सकेपछि केही दिनको ‘होलिडे ट्रिप’ का लागि अभिनेत्री साम्राज्ञी प्रेमी देवाङ्कससँग इन्डोनेशियाको बाली पुगेकी हुन् । त्यहाँबाट उनले थरी थरीका तस्बिरहरु पोष्ट गर्दै आएकी छन् ।