ससुराली जाँदा सासुमाथि बलात्कारको प्रयासपछि हत्या

अर्घाखाँची,

केही दिन अघि अर्घाखाँचीमा मदिरा पिएर मातिएका आफ्नै ज्वाईले सासुको हत्या गरेका थिए । ङ जिल्ला राप्ती गाँउपालीका २ लालमटिया घर भएका आफ्नै जेठो ज्वाई २९ बर्षिय बसन्त कुमालले ससुराली आएका बेला अर्घाखाँची सितगंगा ८ सातमारा बस्ने सासु ४३ बर्षिय ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरे । माईतमा रहेकी श्रीमतीलाई लिन गएका उनले सासुको हत्या गरे । उनकी श्रीमती सीता कुमालले श्रीमानलाई माईतमै छोडेर मजदुरी गर्न गएकी थिईन् । घरमा आमा र दुई छोरीमात्र थिए । खाना खाने क्रममा झगडा परेपछि सधै रक्सी सेवन गर्ने बसन्तले उक्त दिन नसाकै सुरमा सासुमाथि बलात्कारको प्रयास गरे । श्रीमती दिन पुगेका बसन्त आमासमान सासुमाथि नै जाईलागे । माईतमा नै श्रीमती बस्दै आएको कारण पनि बसन्तलाई कम रिस थिएन ।

त्यसैको रिस फेर्न पनि उनले सासुमाथि त्यस्तो कुकृत गर्न खोजे । बसन्तले सासुमाथि चढेको देखेपछि उनको छोरीले बाबा त्यस्तो के गरेको भन्दै हटाउँन खोजिन् तर सकिनन् । उनले आमामाथि बाबा चढेको र यो के गरेको भनेर भन्दा बाबाले मारेको बताईन् । बसन्तले बलात्कारको प्रयास गरेसंगै उनले सासुको घाँटीमा डोरीले कसेर हत्या गरे । लगत्तै उनले बाँसको चिरपटमा सासुलाई झुण्डाएर आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाए । पछि अनुसन्धान गर्दै जाँदा उनैले सासुको हत्या गरेको पत्ता लाग्यो । त्यसपछि प्रक्राउ परेका बसन्तले सासुको हत्या गर्नुको कारण प्रहरीसमक्ष खुलाए ।“बिवाह भएको केही बर्षपछि सासुले आफनी छोराी अर्थात मेरी श्रीमतीलाई माईतमै राखेर आर्जन खाने , घर नपठाउँने गर्नुभयो । म भेट्न आउँदा पनि नजिक पर्न दिनु भएन । त्यही रिसले सासुको हत्या गरेको हुँ” । बसन्तको ८ बर्षअघि बिवाह भएको थियो । बिवाहपछि पनि केही समय सम्बन्ध राम्रो थियो तर बिस्तारै बसन्त ऋणमा डुबेपछि रक्सी खाने र श्रीमतीलाई कुटपिट गर्न थाले । आफनी छोरीमाथि हिंसा हुन थालेपछि ईन्द्रा कुमालले छोरीलाई माईतमा नै राख्दै आएकी थिईन् । त्यसपछि बसन्त श्रीमती लिन भन्दै कयौ पटक ससुराली आए तर सासुल नपठाएपछि उनी रिसले चुर हुँदै आएका थिए । घटनाको दिन सासु र आफु दुबैले रक्सी खाएको समेत प्रहरी समक्ष बयान दिएका छन् ।

kalikanews

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।