काठमाडौ
सर्बाधिक चर्तित पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा टर्की भ्रमणका बेला आफ्नो प्रेमी सार्बजनिक गरेकी छिन् । केहीदिन अघि सिसनले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरले यतिबेला निकै चर्चा पाइरहेको छ ।तस्बिरमा श्रृङ्खलालाई सिसनको काधँमा देख्न सकिन्छ । श्रृङ्खलाले सिजनको काधँमा आफ्नो टाउको राखेर पोज दिएकी छिन् । अहिले त्यहि तस्बिरका कारण श्रृङ्खला र सिसन प्रेममा रहेको चर्चा चल्न थालेको छ ।
दुईजना सँगै भ्रमणमा जानु, नेपालमा हुँदा पनि श्रृङ्खला धेरै ठाउँमा सिजनसँगै पुग्ने गरेकाले उनको र सिसनको नाम जोडिएर आउन थालेको छ । श्रृङ्खलाले आफ्नो मिस नेपाल देखि मिस वल्र्ड सम्मको यात्रामा आफूलाई निरन्तर साथ दिने व्यक्तिको नाममा सिसनको नाम कहिले छुटाउने गरेकी छैनन् ।