यस्ता छन् केकीका जिम बडी (फोटो फिचर)

काठमान्डौ ,

अभिनेत्री केकी अधिकारी अहिले फिल्मीकर्ममा भन्दा पनि जिम तिर ब्यस्त छिन् । सहयात्री रिमा बिक संग कमेडी शोको तयारीमा रहेकी केकी अहिले ज्यान बनाउदै चलचित्र तान्ने दाउमा छिन् । यसो त स्वास्थ्यका हिसाबले फिटनेशलाई ध्यान दिनु आफैमा राम्रो कुरा हो । यद्दपी अहिले नेपाली नायिका तथा मोडलहरु यस तर्फ सचेत हुन थालेका छन् । सन् २०१० बाट फिल्म स्वर बाट डेब्यु गरेकीले दुई बर्ष अघि आफैले  ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा प्रवेश गरेकी उनले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’ शीर्षकको कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन्।सकारात्मक सोचलाई आफ्नो सुन्दरता र तन्दुरुस्तीको कारण मान्ने केकीले ‘सम्पूर्ण’लाई ( ‘जुम्बा र योग आलोपालो गर्छु’) आफ्नो फिटनेस रहस्य बताएकी छिन्।थोरै मात्र हेलचेक्य्राइँ गर्‍यो भने त्यसको असर देखिहाल्ने खालको जीउ छ, मेरो। त्यसमाथि मेरो शरीरको तल्लो भाग तुलनात्मक रूपमा अलि मोटो छ। यिनै कुरालाई सन्तुलनमा ल्याउन जिम जाने गरेकी छु। सुटिङमा हाम्रो फिजिकल मुभमेन्ट धेरै हुन्छ। गीत, फाइट कति कुरामा शरीर छरितो बनाउनुपर्ने हुन्छ। शरीर फिट र फ्लेक्जिबल बनाउन पनि जिम जाने गरेकी छु।

जिम जान थालेको छ वर्षजति भयो। काठमाडौँ, महाराजगञ्जको ‘निरामय फिटनेस सेन्टर’मा सुरुदेखि अहिलेसम्म नियमित जाने गरेकी छु। त्यहाँ जिम मात्र होइन, जुम्बा र योग पनि गर्न पाइन्छ। मैले योग र जुम्बा आलोपालो गरी गर्ने गरेकी छु। हप्ताको तीन दिन जुम्बा गरेँ भने बाँकी तीन दिन योग गर्छु।सुटिङ छैन र बिहान अरू काम छैन भने जिममा कम्तीमा दुई घण्टा बिताउँछु। जिम गइसकेपछि कार्डियो गरेसँग मेरो जिम सुरु हुन्छ। २० मिनेटदेखि आधा घण्टासम्म कार्डियो गर्छु। त्यसपछि १५–२० मिनेट वेट लिफ्टिङ गर्छु।केही बेर आराम गरेर जुम्बा वा योग जे गर्ने हो, त्यो गर्छु। जुम्बामा त बजेको गीतमा झ्याम–झ्याम नाचिन्छ। तर, योग गर्दा चाहिँ अनुलोम–विलोम र कपालभाँती गर्छु। सुटिङ परेको छ भने यही अभ्यास आधा घण्टामा सकाउँछु। तर, जिम जान चाहिँ छुटाउँदिनँ।

credit : kuber dangol

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।