काठमाण्डौ ।
यति बेला इन्डोनेसियाको बालीमा मस्ती गरिरहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले समुन्द्री किनारमा बिकिनी सुट गरेकी थिइन् र सामाजिक सञ्जालमा उनी हिट पनि भइरहेकी छिन् । उनले आफ्नो इन्स्टामा सिङ्गल फोटो सार्वजनिक गरेता पनि यति बेला उनले आफुमात्र होइन प्रेमी देवाङ्कस रानासँग मस्ती गरिरहेको फोटो सार्वजनिक भएको छ ।उनका प्रेमीले क्याप्सन सहित फोटो सार्वजनिक गरेका हुन् । तस्बिरमा उनीहरू एक अर्कासँग निकै नै समर्पित देखिएका छन् । दुई चलचित्रको लामो सेड्युलपछी यो जोडी आफ्नो नितान्त व्यक्तिगत जीवन त्यो पनि समुन्द्री किनारमा बिताइरहेका छन् ।