विश्वकप छनोटको लागि अष्ट्रेलिया संग नेपाल भिड्ने

काठमाडौं –

सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । विश्व फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले बुधबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’ मा परेको हो । समूह बी मा नेपालसहित अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ छन् । बुधबार सार्वजनिक खेल तालिका अनुसारका खेलहरु आगामी सेप्टेम्बरदेखि जुनसम्म हुनेछन् ।

दोस्रो चरणको छनोटमा ४० टोली रहेका छन् । जसमा ४० टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । खेल राउण्ड रोविनका आधारमा हुनेछ । जसमा प्रत्येक समूहमा ५ टोली रहेका छन् । समूहका हरेक टिमले होम एण्ड अवे गरी ८ खेल खेल्नेछन् । समूह विजेता र उत्कृष्ट चार उपविजेता गरी १२ टोलीले चीनमा हुने एएफसी एसियन कप २०२३ को फाइनल चरणमा स्थान बनाउँनेछन्।

यी १२ टोलीले कतारमा हुने फिफा विश्वकपको छनोटको पनि फाइनल चरणमा स्थान बनाउँनेछन्। नेपाल पहिलो पटक विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । फिफा बरियताको एसियाली ३४ स्थानसम्म पर्ने टोली सोझै दोस्रो चरणमा पुग्ने व्यवस्था छ । विश्वकप छनोटका लागि नेपाली टोली अहिले अभ्यासमा यस्त छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।