गायक बद्री पंगेनीले दिए ज्यान मार्ने धम्की,प्रशासनमा उजुरी

काठमाडौँ,
लोकदोहोरी गायक बद्री पंगेनीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ । गायक पंगेनीसहित उनका साथीहरु विजय सिंह, सुवास अधिकारीले संयुक्त रुपमा काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साँझमा काम गरेको तलब माग्न जाने सितापाईला निवासी निमा दोर्ची शेर्पालाई ज्यान मार्ने धक्की सम्म दिएपछि पंगेनी सहित ३ जना विरुद्ध उजुरी परेको हो ।शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डैँ ५५ लाख रुपैयाँ बढीको लागत दोहरी साँझमा नयाँ डेकोरेसन गरेको र काम सम्पन्न गरेको ३ महिना पछि पैसा माग्न जादा पटक पटक धम्की दिएपछि आफु बाध्य भएर प्रशासनमा जान परेको उनले बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।