काठमाण्डौ,
मोडल नम्रता सापकोटा सफल नायिका बन्ने निकै मेहनत गरेको कलाकार मध्येको अग्रपंक्तीमा पर्छिन् । यो चलचित्र क्षेत्र पनि बढो गजबको छ । कसैले एक दर्जन सिनेमा खेल्दा दर्शकले चिन्दैनन भने,कसैले एउटा म्युजिक भिडियो खेल्दैमा पनि दर्शकका नजरमा पर्ने गर्छन् । नम्रताले म्युजिक भिडियोमा धेरै काम गरिन्,चलचित्रमा थोरै नै गर्ने अबसर पाईन् तर आज सम्म दर्शकका नजरमा उनी क्लिक हुन भने सकिरहेकी छैनन् ।
कलाकारहरुले समय सापेक्ष मिडिया बाजी गर्नका लागि अपनाईने अनेक हत्कण्डाका बारे अहिले लेखिरहनु पर्ने अबस्था छैन । पाठकबर्ग सबैले बुझ्नु भएकै कुरा हो । देश भित्र नखुल्ने कलाकारहरु बिदेश टेक्ने बित्तिकै पुर्ण रुपमा खुल्ने कुरामा कुनै सन्देह नै छैन । यसै बिच मोडल नम्रता सापकोटा पनि हालै हङकङमा पुर्ण रुपले खुलेकी छिन् ।
असफल नायिकाको रुपमा चिनिने नम्रता हङकङको समुन्द्र विचमा फिगर शो गरेकी छिन् । उनी समुन्द्रमा पौडी खेल्न पुगिन् कि जीममा बनाएको बडी शो गर्न त्यो उनैलाई थाहा होला । यद्दपी यही ज्यान बाट लोभिएर फिल्म खेलाउने निर्माता निर्देशक पाईएला त ?








