हङकंङमा छल्किएको नम्रताको जवानी

काठमाण्डौ,

मोडल नम्रता सापकोटा सफल नायिका बन्ने निकै मेहनत गरेको कलाकार मध्येको अग्रपंक्तीमा पर्छिन् । यो चलचित्र क्षेत्र पनि बढो गजबको छ । कसैले एक दर्जन सिनेमा खेल्दा दर्शकले चिन्दैनन भने,कसैले एउटा म्युजिक भिडियो खेल्दैमा पनि दर्शकका नजरमा पर्ने गर्छन् । नम्रताले म्युजिक भिडियोमा धेरै काम गरिन्,चलचित्रमा थोरै नै गर्ने अबसर पाईन् तर आज सम्म दर्शकका नजरमा उनी क्लिक हुन भने सकिरहेकी छैनन् ।कलाकारहरुले समय सापेक्ष मिडिया बाजी गर्नका लागि अपनाईने अनेक हत्कण्डाका बारे अहिले लेखिरहनु पर्ने अबस्था छैन । पाठकबर्ग सबैले बुझ्नु भएकै कुरा हो । देश भित्र नखुल्ने कलाकारहरु बिदेश टेक्ने बित्तिकै पुर्ण रुपमा खुल्ने कुरामा कुनै सन्देह नै छैन । यसै बिच मोडल नम्रता सापकोटा पनि हालै हङकङमा पुर्ण रुपले खुलेकी छिन् । असफल नायिकाको रुपमा चिनिने नम्रता हङकङको समुन्द्र विचमा फिगर शो गरेकी छिन् । उनी समुन्द्रमा पौडी खेल्न पुगिन् कि जीममा बनाएको बडी शो गर्न त्यो उनैलाई थाहा होला । यद्दपी यही ज्यान बाट लोभिएर फिल्म खेलाउने निर्माता निर्देशक पाईएला त ?

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।