काठमाडौं – नायिका शिल्पा पोखरलले आफ्नो पहिलो श्रीमानको बारेमा मुख खोलेकी छन । एक युट्युव अन्तवार्तामा उनले आफ्नो विहे नभएको तर प्रेमीले श्रीमति भनेर सम्बोधन गर्ने गरेकाले अहिलेको श्रीमान छवि ओझाले आरोप लगाउने गरेको बताइन ।पति छविराज ओझाले यही विषयलाई लिएर आरोप लगाउने गरेको बताइन । श्रीमान ओझा विरुद्ध सम्बन्ध विच्छेद मुद्दा दायर गरिसकेको बताएउने पोखरेलले सम्बन्धका ३ वर्षमा सधै शंका र यातना भोग्नु परेको दाबी गर्दै आएकी छन । ‘अब म सुखी भएर बाच्न चाहन्छु, धेरै रोएँ । अहिले त उसको अनुहार पनि हेर्न मन लाग्दैन ।’
उनले छविकी पूर्व पत्नी रेखा थापा र आफूबीच बीचमा दोस्ती भएको खुलाइन् । रेखाले छविसँग घरमा बसेवापत ५ हजार तिर्नुपरेको र सधै यातना भोग्नुपरेको सुनाएको उनले स्मरण गरिन् । शिल्पाले अघिल्लो हप्ता छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।
झगडा हुँदा सधैजसो घाँटी अठ्याउने गरेको उनको आरोप छ । शिल्पाले थपिन्, ‘त्यो दिन उहाँले घाँटी थिचेको थिच्यै गरेपछि गरेपछि लात्तीले हिकाएर राति नै घरबाट हिडेको हो । अरु बेला एकछिन थिचेर छाडिदिनुहुन्थ्यो ।’
फेरि अर्की महिला नफसून भनेर आफू मिडियामा आएको उनले सुनाइन् । ‘उहाँ मिडियामा फेरि यसरी हिड्ने हो । अर्को केटी फसाउनका लागि । अर्को केटी नफसोस्, यही लागेर अगाडि आएर आएँ ।’