शिल्पाले दिईन् छविलाई डिभोर्स : रुदा रुदा आँसुनै रित्तियो !

काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो श्रीमान छविराज ओझा विरुद्ध एकाएक प्रहरीमा उजु*री गरेपछि माहोल गर्माएको थियो । तर गत बिहिबार निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच महानगरीय प्रहरी परिसर,टेकुमा सहमति भएको छ ।शिल्पाले घरेलु हिं*सा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उ*जुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा माहोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् । उनले ओझाले निर्माण गरेको फिल्म ‘लज्जा’बाट चलचित्रमा डेब्यु गरेकी हुन् ।

उनीहरु बीच आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो । तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । घरझगडा भएपछि शिल्पा अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् । गाडीमा उनी रोइ रहेकी देखिन्थिन् । प्रतिक्रिया दिनुस भनेपछि शिल्पाले भनिन – ”मलाई जे पर्यो मैले भोगे, कसैलाई दुख्दैन मलाई मात्र दुख्छ, यदि कसैलाई त्यस्तै पिर परेको छ त्यस्तै पिडा परेको छ भने कृपया आउन सक्नु हुन्छ । म आए भने तपाईहरु पनि नडराई आउनु ।”

शिल्पाका अनुसार छबी राज ओझाले शिल्पासंग माफी मागेका छन् । अब देखि त्यसो नगर्ने सहमति भएको बताएका छन । उनीहरुको प्रहरी परिसरमा सहमति भएपनि शिल्पा अझै घर फर्किएकी छैनन् । यहि विषयमा शिल्पा पोखरेलले स्पष्टिकरण दिदै मिडियामा आएकी छिन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।