काठमाडौ
भारतले खोल्न नमानेको बाँध बाढीले भत्काएको छ । बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध पानीको सतह बढेपछि आफै भत्किएको हो ।जिल्लाको अधिकाँश ठाउँ जलमग्न भएपछि जिल्ला प्रशासनले बाँध खोल्न गरेको थियो । तर भारतले बाँध खोल्न अस्वीकार गरेका थिए । भारतले बाँध खोल्न नमानेपछि जिल्लाबासी चिन्तित भएका थिए । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ ।बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ ।