सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाण्डौ – शुक्रबार दिउसो यति एअरलाईन्सको बिमान धावन मार्गमा विमान चिप्लिएका कारण अवरुद्ध  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ घण्टापछि सञ्चालनमा आएको छ । धावन मार्गमा रोकिएको यति एअरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान झण्डै ८ घण्टा लागेको हो । नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक तथा यति एअरलाइन्सका इन्जिनियरको टोलीले विमानलाई ह्याङ्गरमा लगेपछि मात्रै बिमान स्थल संचालनमा आएको हो । यस बिचमा दर्जनौ अन्तर्राष्ट्रिय बिमान भारतको लखनउ लगायतका बिमान स्थलमा डाईभर्ट गरिएको थियो ।

नेपालगञ्जबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि बिहान ११ बजेपछि आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका सबै उडान र अवतरण बन्द भएको थियो । विमानमा रहेका चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहे पनि २ जनाको अबस्था भने गम्भिर रहेको बुझिएको छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।