काठमाडौं ।
केहि दिन देखीको लगातार बर्षाले राजधानी संगै देशैभर डुबानमा परेको छ । राजधानीको बल्लु खोलामा आएको बाढीमा ४० जना फसेका छन् । केहिलाई अहिले उद्दार गरिएको छ भने केहिलाई उद्दार गरिदैछ । उद्दारमा नेपाल प्रहरी,नेपाल आर्मी र स्थानीयबासीहरुको समेत सहभागीता छ । यसैगरी कलंकी क्षेत्र पनि डुबानमा परेको छ । कंलकीको खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरुमा बाढीले क्षति पुगेको छ । सो क्षेत्र डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ । टेकु आसपास पनि डुबान परेको छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म मुलुकभर बाढी र पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । यसैगरी मुलुकका विभिन्न ठाउँमा गरी १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले सबैलाई सचेत रहन समेत जानकारी गराएको छ ।