आर्यघाटमा नियालेर हेर, रुदैनन् कहिले जल्नेहरू, रुन्छन् केवल जलाउनेहरू

काठमाडौ । पछिल्लो समय पूर्वयुवराज्ञी हिमानी शाह खुबै भावुक बन्दै गएकी छिन् । उनले आफ्नो भावुकता फेसबुक स्ट्याटस छछल्काउने गरेकी छिन् । सार्वजनिक कार्यक्रममा देखा पर्ने तर मौन रहने हिमानीले सामाजिक सञ्जालमा भने मार्मिक कवितात्मक शैलीका शब्दहरु पोष्ट गर्ने गरेकी छिन् । उनले मावनीय धर्मलाई सम्झाउँदै कविता लेखेकी छिन् ।हिमानीले लेखेको छोटो कविता आर्यघाट र त्यहाँ जलाइने मार्थिव शरिर माथी छ । आर्यघाटमा गई नियालेर हेर, रुदैनन् कहिले जल्नेहरू, रुन्छन् त केवल जलाउनेहरू उनले कवितालाई मार्मिक रुपमा प्रस्तुत गरेकी छिन् । आर्यघाट र त्यहाँ जल्ने पार्थिप शारिर माथी लेखिएको कविता छोटो भएपनि निकै मार्मिक छ । कविताले कहाँ र कसलाई संकेत गरेका हो, त्यो त भन्न सकिने अबस्था छैन । तरपनि कविताका हरफहरु भने निकै सुन्दर र मार्मिक रहेका छन् ।

केही दिनअघि छोरी पूर्णिकाले पनि देशप्रेमी कविता लेखेकी थिइन । हजुरबा ज्ञानेन्द्र शाहको जन्म दिनलाई लक्षित गरी उनले कविता लेखेकी थिइन । कवितासँगै उनले हजुरबा ज्ञानेन्द्र शाहको तस्विर पनि राखेकी थिइन । छोरीले कविता लेखेको तीन दिनपछि आमा हिमानीले पनि मार्मिक कविताको जन्म दिएकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।