कसरी टुट्यो छबि-शिल्पाको सम्बन्ध ?

काठमाण्डौ ।

चलचित्र निर्माता छबिराज ओझा र नायिका शिल्पा पोख्रेल बिचको सम्बन्ध टुटेको छ । पोख्रेलले पति छबिलाई घरेलु हिंसामा जिल्ला प्रशासन कार्यलयमा निबेदन दिएको खबर सार्बजनिक भएको छ ।
करिब १५ दिन अघि छबिराजले शिल्पालाई कानको जाली नै फुट्ने गरी पिटेको र पटक पटक घरेलु हिंसा गरेको भन्दै शिल्पाले जिल्ला प्रशासन कार्यालय र टेकु प्रहरीमा निबेदन दिएको खुलेको छ ।केहि बर्ष अघि नायिका पोख्रेललाई निर्माता छबि ओझाले चलचित्रमा पहिलो पटक ‘लज्जा’ मार्फत् रजतपटमा डेब्यु गराएका थिए । फिल्ममा लिने समय देखी नै यि दुई निकट थिए । फिल्म गरे देखी नै लिभिङ टुगेरमा रहेका यो जोडीले केहि बर्ष त केबल नायिका र निर्माताको सम्बन्ध रहेको भन्दै दुधको साक्षी बिरालो भने झै देशभरका ठुला साना सबै मिडियालाई बेकुफ बनाउदै आईरहेका थिए ।

औपचारिक रुपमा यि दुईले ३ बर्ष अघि नै बिहे गरेको भए पनि फेरी पनि मिडियालाई बेकुफ बनाउदै होईन,केहि सम्बन्ध छैन भन्दै लुकाउदै आईरहेका थिए तर गत बर्ष मात्रै छबिले नै आफुहुरले बिहे गरेको सार्बजनिक गरेका थिए । छबिले बिहे गरेको सार्बजनिक गरे देखी शिल्पाले समेत बिहे गरेको स्विकारेकी थिईन् ।

बिहे सार्बजनिक गरेको बर्ष दिन नबित्दै छबि पत्नी शिल्पाले प्रशासनमा पतिले घरेलु हिंसा गरेको भन्दै निबेदन दिनुले यसले अधिकांसलाई चकित पारेको छ । प्राय:चलचित्रको रिलिजको समयमा मिडिया एटेन्सन लिनका लागि अनेक प्रपोकाण्ड गर्दै आउनेका गरेका छबि र शिल्पाको यस पटकको गसिप चाँहि रियल नै बनेको छ ।

केहि दिन अघि देखि शिल्पाले अदृष्य रुपमा आफु घरेलु हिंसाले पिडित रहेको बताउने किसिमको पोष्ट समेत फेसबुकमा हाल्दै आईरहेकी थिईन् । १५ दिन अघि छबिले शिल्पालाई पिटेको भए पनि उनले १३ दिन अघि प्रशासनमा निबेदन दिएको र प्रहरीले दुबै जनालाई सोधपुछका लागि बुधबार टेकु बोलाएपछि मात्र सो खबर मिडियामा आएको हो ।

शिल्पाको बिहे उनले दाई मान्दै आएकी बिकास रौनियारले नै छबिलाई कन्यादान दिएका थिए । स्रोतका अनुसार छबि अहिले आफुलाई बचाउ गर्न चलचित्र सम्बद्द संघ-संस्था धाउदैछन् । उता शिल्पा रौनियारको घरमा आराम गरिरहेको र शिल्पाको फोन कल समेत रौनियार पत्नी अर्थात् चलचित्र निर्देशक समेत रहेकी सम्झना रौनियारले उठाउने गरेकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।